
१६ पुस,
बाँके । नेपालगञ्ज उप-महानगरपालिकाले नगर प्रहरी इकाईमा कर्मचारी दरखास्त आह्वान गरेको छ ।
उप-महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर प्रहरी सहायक निरीक्षक देखि नगर प्रहरी जवान सम्मलाई दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र राजस्व तिरेको रसिद सहित रीतपूर्वक दरखास्त दिन सकिने जनाएको छ ।
सूचनामा हेर्नुहोस्।







