
बाँकेको कोहलपुरमा कौशिल्या अस्पताल नजिकै २०८१ /५/ २२ गते बिहान अन्दाजी ३ः३० बजेको समयमा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा न. १० डाइनामिक स्कुल नजिकै बस्ने अन्दाजी ३९ वर्षका भुपेन्द्र सुनारलाई उपचारको लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पाताल कोहलपुर दशविगाहमा उपचारको क्रममा बिहान ४:४० चिकित्सकले मृत्यु घोषणा गरेका छन्।
घाइते मोटरसाइकलको पछाडी बसेका सुर्खेत जिल्ला लेकबेसी नगरपालिका वडा न. ३ . राताटार घर भई हाल सशस्त्र प्रहरी बल नेपाल ४२ न. गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वर्ष ४२ को लालबहादुर सुनार रहेका छन् ।
उनको टाउको,अनुहार,छाती दुवै हात,दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको औषधी उपचारको लागि नेपालंगज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमरजेन्सी कक्षमा राखिएको छ।









