बाँके मिति २०८१/०५/०१ गतेको ८:३० बजे बाँके जिल्ला राप्तीसोनारी गा.पा वडा न.५ बिनौना चोक स्थित मामाभान्जा रेस्टुरेन्टमा बसिरहेको अवस्थामा एक्कासी राष्ट्रिय युवा सङ्घ बाँके जिल्ला अध्यक्ष एवं राप्ती सोनारी गा पा वार्ड नं ६ का वडा अध्यक्ष ज्ञानेन्द्र ओली को नेतृत्वमा आएको नारायण डाङ्गी र विशाल बस्नेतको टोलीले धारिलो हतियार खुकुरी प्रहार गर्दा
जिल्ला बाँके बैजनाथ गा.पा ७ प्रशुरामपुर बस्ने बर्ष २८ को सुलभ मल्लको बायाँ कोखामा गहिरो चोट लागेको छ।अर्को जिल्ला बाँके राप्तीसोनारी गा.पा वडा न.२ मधुवा बस्ने बर्ष २८ को सन्दीप बिष्टको दुबै हात र कुममा गम्भिर चोट लागेको छ ।भने डाक्टरको अनुसार दुवै जनाको हालको अवस्था गम्भीर रहेको छ।यसैको कारणले गर्दा तरण दलका युवा नेता तथा आफन्तहरुले दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै कोहलपुर चौराह बन्द गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख