
१६ साउन,
कैलाली । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।
श्री एयरलाइन्स मंगलबार साँझ ४ बजेको काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
काठमाडौंबाट उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो। उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको जनाइएको छ।





