१८ असार,

सुरज चौधरी/ बाँके । कोहलपुर नगरपालिका अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयको एसईई नतिजा दुई विद्यालयको शून्य आएको छ ।

सामुदायिक विद्यालय अन्तर्गत जनता मावि मैटहवा र संस्थागत विद्यालय अन्तर्गत एभरेष्ट सैनिक आवासीय माविको एसईई नतिजा शून्य आएको हो । जनता मावि बाट ३४ जना विद्यार्थी र एभरेष्ट सैनिक बाट १६ जना विद्यार्थीले एसईईको परिक्षा दिएका थिए ।

शिक्षा तथा खेलकुद शाखा कोहलपुरका अनुसार, सामुदायिक तथा संस्थागत विद्यालयबाट २३२६ विद्यार्थीले एसईईको परिक्षा दिएका थिए । जसमध्य बाट ७४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १५८३ विद्यार्थीले एन.जी. ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार १३ गते सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् कोहलपुरको एसईई नतिजा …

प्रतिक्रिया

सम्बन्धित ख