
१३ जेठ,
बाँके । बाँकेको नेपालगन्जमा अत्याधिक गर्मी बढेपछि सामुदायिक, धार्मिक तथा संस्थागतका विद्यालयहरु ४ दिनका लागि बन्द हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म नेपालगन्जका विद्यालय बन्द गर्ने निर्णय नगरस्तरीय विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले गरेको हो।






