यहि फागुन ११ गते काठमाण्डौको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्ड भित्रबाट काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा.३ घर भई हाल काठमाण्डौ, कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकी राखेको २६ दिनको आफ्नो छोरीलाई एक अपरिचित महिलाले मागेर बोकेको र बच्चालाई लिई फरार रहेको सम्बन्धमा बच्चा चोरीमा संलग्नको खोजतलास गर्ने क्रममा दैलेख नौमुले गा.पा. १ घर भई काठमाण्डौ, काँडाघारी बस्ने वर्ष २४ की मन कुमारी सिंह, उनको श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा न.पा.९ काँडाघारी स्थित निजहरु बस्ने डेराकोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अगाडि बढाइएको नेपाल प्रहरीले बताएको छ। भने सो बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारको लागि काठमाण्डौ मेडिकल कलेज, सिनामंगल पठाई उपचार भईरहेको छ भनि नेपाल प्रहरीले जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित ख