
७ माघ,
बाँके । बैजनाथ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा कार्यालय रामपुर बाँकेले सामुदायीक तथा संस्थागत सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिएको छ ।
बाँके जिल्लामा अत्यधिक चिसो बढेर विद्यालय सञ्चालन गर्न कठिनाइ भएको र चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सूचना प्रकाशित गरी ३ दिनको बिदा दिएको हो । यही माघ ८ गते बाट १० गते सम्म बिदा दिइएको सूचनामा उल्लेख छ ।
यस्तै कोहलपुर नगरपालिकाले समेत सूचना जारी गर्दै मातहतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा ३ दिन बिदा दिईसकेको छ ।





