
२१ जेठ,
बाँके । बाँकेमा अत्याधिक गर्मी बढेपछि कोहलपुरका सामुदायिक र संस्थागत बिद्यालयहरु ३ दिनका लागि बन्द गरिने भएको छ।
यही जेठ २२ गते देखि २४ गते सम्मका लागि बिद्यालय बन्द गर्न लागिएको हो । अत्याधिक गर्मीका कारण बालबालिकाहरु प्रभाबित हुने गरेका छन् । बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुमा वान्ता हुने ,टाउको दुख्ने , ज्वरो आउने ,जस्ता समस्या देखिन थालेका कारणले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गदै बिद्यलाय बन्द गर्ने निणर्य गरिएको शिक्षा शाखा अधिकृत रबिलाल मिजारले जानकारी दिनुभयो ।
हेर्नुहोस सूचनामा






