१८ असार,

दाङ : मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई १३ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ प्रहरीका अनुसार, मोटरसाइकलहरु विभिन्न ठाउँबाट चोरी गरी रोल्पा र प्युठान लगेर सस्तो मुल्यदरमा बिक्री गर्ने गिरोहलाई पक्राउ गरिएको छ ।
गिरोहका नाइकेसहित उनीहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा १ जना भारतीय, ५ जना रोल्पाका, १ जना दाङ र १ जना प्युठानका रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

भारत बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही १९ का १९ वर्षीय जाबेद खान र प्यूठान स्वर्गद्वारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगीराम थापा, रोल्पा सुनिल स्मृती गाउँपालिका ३ सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका वडा नं ५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिराबहादुर विष्ट रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

पक्राउ परेकामध्ये श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेका र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्युठानका थापा अटो पार्टसका सञ्चालक रहेका र उनले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएका प्रहरीले जनाएको छ ।

प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख