
१७ वैशाख,
बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले भन्सार छलीको विभिन्न सामानहरू बरामद गरेको छ ।
बढैयाताल गाउँपालिका वडा नं.२ फुटाह स्थित बाटो छेउमा अवैध रूपमा भारतबाट भन्सार छलीका सुर्ती,चिनी,Dew,प्लाष्टिक झोला समेतका सामानहरु बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको हो ।
प्रहरीका अनुसार, उक्त सामानको मूल्य अ. मुल्य रू ४१,९००।- (अक्षरेपी एकचालिस हजार नौ सय ) रहेको छ ।
सामानहरु आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाईएको प्रहरीले जनाएको छ।





