
२३ चैत,
बाँके । अनेरास्ववियु बाँकेले कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरु मध्यनजर गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ ।
कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरूलाई देखाउँदै उक्त समस्यालाई ७ दिन भित्र समाधान गर्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको हो । सो मागहरुलाइ बेवास्था गरिएमा त्यस बाट पर्न जाने सम्पुर्ण असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।
यस्ता छन् मागहरु :
१. कोहलपुर नगरपालिका कक्षा थप, स्थानतरण तथा समायोजन कार्यविधिमा विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता , गुणस्तरीय शिक्षा प्राप्त गर्ने हकबाट बन्चित हुने गरि केही सिमित व्यक्तिहरुको हालिमुहाली हुने गरि लगाइएको सिन्डिकेट खारेज गर्नुपर्ने ।
२. नेपालको संबिधान २०७२ ले व्यवस्था गरे अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्म शिक्षा अनिवार्य र निशुल्क माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने हक सुनिश्चितता गर्नुपर्ने ।
३. संस्थागत विद्यालयले प्रदान गर्दै आइरहेको छात्रवृत्ति पारदर्शी गर्नु पर्ने ।
४. सवारी साधनमा क्षमता भन्दा बडि बिद्यार्थी बोक्ने शैक्षिक संस्थालाई कारवाही गर्नु पर्ने ।
५. भौतिक मापदण्ड पूरा भएका शैक्षिक संस्थालाइ मात्र अनुमती दिनुपर्ने र भौतिक मापदण्ड पूरा नभएका शैक्षिक संस्थालाई कारवाही गर्नुपर्ने ।
६. सरकारि बिधालयमा कार्यरत शिक्षकहरु बाट भैरहको अनावश्यक राजनीतिक गतिविधि बन्द गर्नुपर्ने ।
७. यस कोहलपुर नगर शिक्षा ले बर्ष भरी गरेका गतिविधि सार्वजनिक गर्नुपर्ने ।





