
रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ कटहरिया बाट फागुन २९ गते सशस्त्र प्रहरीले १ लाख ११ हजाररुपैयाँ बराबरको भन्सार छलीको सिपिएल बल्ब बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदैगरेको १ हजार १ सय ३० वटा बल्ब सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुधियाभारले बरामद गरेको हो ।बरामद बल्ब भन्सार कार्यालय गौरमा बुझाइएको छ ।









