
विश्व हिन्दु महासंघ नेपाल बाँके शाखाको अध्यक्षमा भिम प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार बागेश्वरी माता मन्दिर परिसरमा भएको संघको प्रथम साधारण सभा तथा अधिवेशन बाट अध्यक्षमा भिम प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा चन्द प्रसाद तिमिल्सेना, उपाध्यक्षमा कल्पना घिमिरे, सुनिल सिंह हमाल, नन्द किशोर मिश्रा, सचिवमा हरि बाबु घिमिरे, सहसचिवमा गोकर्ण आचार्य, शालिकराम आचार्य, सुवर्ण गिरी, कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा, सहसचिवमा कृष्ण प्रसाद शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा यामनारायण चालिसे, गोविन्द प्रसाद घिमिरे, विनय चन्द्र गुप्ता, विष्णु प्रसाद सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको सल्लाहकारमा लिलानाथ अधिकारी, डा। ढकनाथ सापकोटा, जनकराम भण्डारी, रामचन्द्र माधवद दास चयन हुनुभएको छ ।








