
१४ कार्तिक,
बाँके । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
सोमबार जारी घोषणापत्रमा राप्रपाले एकघर एक रोजगार कार्यक्रमसहित तीन वर्ष भित्र स्वदेशमै कृषि मल उत्पादन कारखाना स्थापना गर्ने सम्मको प्रतिबद्धता जाहेर गरेको छ ।
सबल र समुन्नत नेपाल निर्माणका लागि पुँजी वृद्धि, दिगो विकास, निःशुल्क शिक्षा, र स्वास्थ्य, सामाजिक सुरक्षा,किसानको खेत खेतमा बिजुलीको व्यवस्था, समान न्याय र समतामूलक संवृद्धिका साथै राप्रपाले व्यापक रोजगारीको अभिवृद्धि गर्ने आफ्नो घोषणापत्रमार्फत बताएको छ ।
स्थानीय विकास क्षेत्रहरूमा सहयोग र सहजीकरण गर्न निश्चित समयको रोजगारी सहित प्रत्येक वर्ष १० लाख राष्ट्रिय स्वयंसेवक परिचालन गर्नेदेखि एक परिवार एक रोजगार अवधारणा कार्यान्वयन गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
लिंकमा क्लिक गरी हेर्नुहोस् ।





