
१२ असोज,
बाँके । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका हुन ।
हिमेशलाई आफ्नो पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकन्द ढकालले जानकारी दिए ।
रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन् । उनी पछिल्लो समय विभिन्न कमेडी शोमा व्यस्त रहेका छन् ।





