
२९ साउन,
साउदी अरब । राप्रपाको भातृसङगठन पानसले साउदी अरबको जुबेलमा नयाँ कार्यसमिति घोषणा गरेको छ ।
भातृसङगठन पानसले शुक्रबारको जुबैल स्थित कुक जोन होटेलमा प्रवासी नेपाली एकता समाज पानस साउदी अरबको जुबेल स्थानिय कार्यसमिती घोषणा गरेको हो।
उक्त कार्यसमितिमा नर बहादुर पुन अध्यक्षमा मानोनित भएका छन । यस्तै उपाध्यक्षमा लक्ष्मण आले, महामन्त्रीमा जगदीश बडु मानोनित भएका छन ।
यसैगरी कोषाध्यक्षमा सन्तोष बराइली, सह –कोषाध्यक्षमा लाल बहादुर नेपाली, प्रबक्तामा राजेन्द्र कुवर, सह–प्रबक्तामा निर प्रसाद अधिकारी,सदस्यमा विजय मण्डल, सदस्य जित बहादुर जी.सी, सदस्य श्याम सुन्दर प्रसाद मानोनित भएका हुन ।
सो कार्यक्रममा सभापति पानसका साउदी अरबका अध्यक्ष कुबेर हुमागाईं, प्रमुख अतिथि राप्रपा प्रवास बिभागका सदस्य (पानस साउदी अरबका संयोजक) सिद्धार्थ कन्दङ्गवा, प्रमुख अतिथि जनसम्पर्क अधिकारी नेपाली राजदुतावास दिलिप पौडेल, प्रमुख अतिथि PNCC का संयोजक गैर आवासिय नेपाली संघका गणेश अर्याल, प्रमुख अतिथि, NRAN का मध्यपूर्व सम्योजक जोन अर्याल, प्रमुख अतिथि गैर आवासिय नेपाली संघका अध्यक्ष डम्बर यादव, बिशेस अतिथि NRAN का महिला उपाध्यक्ष यसमिन बेगम, बिशेस अतिथि गैर आवासिय नेपाली संघका महिला उपाध्यक्ष रबिना अर्याल, बिशेस अतिथि संरक्षण तथा सफल व्यबसाहिक राजु सेयद र बिशेस अतिथि सनराइज नेपाली कार्गो जुबेलका प्रोपाइटरसंजय मिश्रको उपस्थिती रहेको थियो ।





