
२९ साउन,
बाँके । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ ।
आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरिद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो।
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ ।
निर्वाचनमा करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ । आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र रहने आयोगले जनाएको छ ।






