
२३ साउन,
बाँके । इस्लाम धर्मवलम्बिहरुको महान पर्व मोहर्रमको अवसरमा मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकामा हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भएअनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो ।
यसैगरी जानकी गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिए।






