
२१ वटा ट्याक्टर परे कार्बाहिमा
जेष्ठ-५,बाँके ।
जिल्ला प्रहरी कार्यालयका बाकेका प्रमुख ओम राना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा ट्राफिकको नियम बिपरित ओभरलोड गरि गुड्ने २१ वटा ट्याक्टरहरुबाट बाकेको कम्दी स्थित जरिवाना काटिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा पर्ने ढलैया नाका र डुडुवा गाउँपालिकामा पर्ने नाकाहरुबाट बर्षौ देखि नै ओभरलोड गरि ट्राफिक नियामको नियाम बिपरीत सडकमा गुड्ने सवारीमा SP रानाले कडा निगरानी गर्ने आदेश दिएपछि , कम्दी इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सइ सन्तोष खानल अस्थायी ट्राफिक प्रहरी पोस्ट फुल्टेक्राका इन्चार्ज असइ दमन बिक्रम सेनको कमान्डमा प्रहरी टोलिले गाडिहरु नियन्त्रणमा लिदै ट्राफिकको नियम अनुसार प्रति ट्याक्टर रु ५०० जरिवाना काटिएको हो ।
दिनहु आमनागरिकको गुनासो आउनेगरेको हुदा कम्पनीले बनाएको डालाको बनावट बाट बहिर गएर यातायातको पनि मापदण्ड बिपरित एउटा ट्याक्टरले बोक्ने क्षमता भन्दा ट्याक्टरहरुमा पछीबाट फलामका पिलेटहरु थापगरी दुई ट्याक्टरमा सामनहरु ओभरलोड बोकेर राज्यको सम्पत्ति नै रित्ताउने तरिकाले नदिजन्य पदार्थ भित्र्याउने र सवारी दुर्घटनालाई समेत बढावा दिने गरेको हुदा जरिवाना गरिएको प्रहरिलेे जनाएको छ ।