१० साउन,

बाँके । प्रतिनिधिसभाले योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ ।

आज बसेको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरेर पारित गरिएको हो ।

त्यस्तै आइतवार गणपूरक संख्या नपुगेर रोकिएको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्, भन्ने प्रस्ताव आज सर्वसम्मत स्वीकृत भएको छ।

यसैगरी राष्ट्रिय सभामा उत्पति भएको तथ्याङ्क विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख