
१० साउन,
बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन।
साउन २१ गते जापान भ्रमणमा जान लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी प्रचण्ड जापान जान लागेको उनले बताए ।
प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए । जापानबाट फर्किएपछि प्रचण्ड चीन भ्रमणमा जाने चर्चा छ।





