
८ साउन,
बाँके । नेपाली काङ्ग्रेस वडा नम्बर दुई को कार्यसमिति सभापति यज्ञ महरा को अध्यक्षता मा वडा स्थित मुक्ती प्राथमिक विद्यालय मा करिव १०० बढी बिरुवा रोपि विपि स्मृति दिवस मनायको छ।
कोहलपुर नगरपालिका निवर्तमान उप-प्रमुख वर्तमान नेपाली काङ्ग्रेस बाके जिल्ला सचीव सन्जु कुमारि थारु को प्रमुख अथित्य मा कार्यक्रम सम्पन्न भयको थियो।
सोही कार्यक्रम मा बाके जिल्ला सचीव सन्जु थारु,निवर्तमान क्षेत्रिय सभापति माधव खत्री,निवर्तमान जिल्ला उपसभापति फुलराम थारु, प्रदेश सभापति बलराम शर्मा, महाधिवेशन प्रतिनिधि भानु भट्टराई,कृष्ण विक जिल्ला सदस्य टीका केसि, राजेन्द्र श्रेष्ठ, सति ढकाल वडा का निर्वाचित जनप्रतिनिधि तारा देवि र पुरन थारु तरुण दल क्षेत्रिय सभापति दिग्विजय राणा नेविसंघ नेता द्वय डिल्ली रावल,उपेन्द्र विष्ट,युवराज विष्ट लगायत विभिन्न तह का शिर्ष नेता कार्यकर्ता को उपस्तिथि रहेको थियो।
सोही कार्यक्रम मा प्रमुख अथिती रहेका नेता सन्जु कुमारी थारु ले पार्टी भित्र अन्तर संघर्ष गर्ने संस्था का सबै नेता हरु लाई कार्वाही गर्ने भन्ने खालका नेतृत्व तहबाट सामाजिक संजाल मा आउने अभिव्यक्ति ले पार्टी संघठन लाई कमजोर पार्छ। यस्ता विषयमा नेताहरु ले विवेक पुर्याउनु पर्दछ। भन्दै विपि कोइराला लाई सम्झिदै आफ्ना मनतव्य राख्नु भयो।
त्यसै गरि नेपाली काङ्ग्रेस का वडा सभापति यज्ञ महरा ले विपि कोइराला को दृस्ठिकोण उहाँ का महान विचार लाई स्मरण गर्दै उहाँ को स्मृति दिवस मनाउने हेतु ले यो कार्यक्रम राखियको हो। यो टिम को कार्यक्रम थियन वडा कार्यसमिति ले आयोजना गरेको कार्यक्रम हो। तर यहाँ विवि स्मृति दिवस मनाउदै गर्दा कार्यक्रम बहिस्कार गर्नु दु:खद कुरा हो। विपि स्मृति दिवस बहिस्कार गर्ने ब्याक्ती विपि का अनुयायी विपि का कर्याकर्ता हुन सक्दैन्न। यस्तो गलत ट्रयाक मा हिडेका ब्यक्ति लाई सहि ट्रयाक मा हामी ल्याउछौ र हाम्रो यो जिम्मेवारी पनि हो भन्दै कार्यक्रम को समापन गर्नु भयको थियो।









