३१ असार,

बाँके । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन ।

उपसभामुख चयनका लागि संसद्मा शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन ।

उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए ।

भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थात् तटस्थमा १ मत परेको सभामुख सापकोटाले जानकारी दिए ।

कुल मतदानमा उपस्थित सदस्य संख्या २४२ रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख