
१२ असार,
बाँके । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ ।
कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।
यसक्रममा आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ।
आज नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ ।






