
१० असार,
बाँके । शुक्रबार नेप्से परिसूचक १३ अंक माथिले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।
यसदिन ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.९१ प्रतिशतले बढेको छ भने आज माइक्रोफाइनान्स समूहको उपसूचक ०.८ प्रतिशतले मात्र बढेको छ ।
यता म्युचुअल फन्डको उपसूचक भने आज ०.६७ प्रतिशतले घट्न पुगेको छ । यस दिन न्यादि हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.८८ प्रतिशतले गुमाएका छन् ।






