१८ जेठ,

कस्की । नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ ।

एमालेले कारवाही गरेकाहरूमा एमाले संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै संगठित सदस्य प्रशान्त आचार्य छन ।

उनीहरुलाई एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बुधबार विज्ञप्ति जारी गर्दै कारवाही गरेको जानकारी दिएका हुन ।

पहारी र आचार्यलाई संगठित सदस्यबाट हटाउनुका साथै अर्याललाई वडा कमिटीको जिम्मेवारीबाट मुक्त र पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुमाथि निर्वाचनसँग जोडिएका अनेकौं विषयहरूका बारेमा पार्टीले अध्ययन गरेर कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख