१३ जेठ,

बाँके । शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो ।

यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ । यद्यपि, यस दिन हाइड्रोपावर समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ ।

आज २२३ कम्पनीका ४१ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख