
९ जेठ,
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले २५ हजार ५९ मत पाएका छन ।
सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन । बालेनले सिर्जनालाई १७ हजार ९०६ मतान्तरले पछि पारेका छन ।
महानगरपालिकामा अब ६२ हजार ४९९ मत गन्न बाँकी छ ।





