८ जेठ,

बाँके । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरपालिकाको मेयरमा कांग्रेसका पूर्ण आचार्य विजयी भएका छन । आचार्य निकटतम प्रतिद्वन्दी एमालेका खिल प्रसाद भुषाल भन्दा १९२८ मत बढी ल्याएर विजयी भएका हुन ।

निर्वाचित आचार्यले १४१३४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका भुषालले १२२०५ मत ल्याएका छन । तेश्रो स्थानमा रहेका माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९७२५ मत प्राप्त गरेका छन ।

यस्तै उपमेयरमा कांग्रेसकी संगिता सुवेदी विजयी भएकि छिन । निर्वाचित सुवेदीले १४०७३ मत प्राप्त गरेकी छिन । भने सुवेदीको निकटतम प्रतिद्वन्दी एमालेकी अस्मिता चौधरीले १३१५७ मत प्राप्त गरेकी छिन ।

कोहलपुरमा माओवादी र एकिकृत समाजवादी बीच गठबंधन भएको थियो । भने एमाले र काँग्रेस एकला एक्लै चुनावमा भिडेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख