७ जेठ,

बाँके । कोहलपुर नगरपालिका अन्तर्गतका ११ वटा वडको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका मेयर पूर्ण आचार्य र उपमेयर संगिता सुवेदीको अग्रता कायमै रहेको छ ।

११ वटा वडाको ३३५४४ मतगणना हुदा कांग्रेसका आचार्य १०२७५ मत प्राप्त गरेका छन । भने उनका निकटतम प्रतिद्वन्दी मेयर एमालेका खिल प्रसाद भुसालले ९५९७ मत प्राप्त गरेका छन् । भुषाल भन्दा ६७८ मतान्तरले आचार्य आगाडी छन ।

अर्का मेयरका उम्मेद्वार माओवादीका नरेन्द्र न्यौपानेले ८३३३ मत प्राप्त गरेका छन ।

यस्तै उपमेयर कांग्रेसकी संगिता सुवेदीले १०५५८ मत प्राप्त गरेकि छिन। सुवेदी आफ्ना प्रतिद्वन्दी भन्दा १०० मत ले अग्रता लिएकी छिन । प्रतिद्वन्दी एमालेकी अस्मिता चौधरी १०४५८ मत र गठबंधन तर्फ की नारायणी ओली ४३४० मत प्राप्त गरेकि छिन ।

 

प्रतिक्रिया

सम्बन्धित ख