
७ जेठ,
बाँके । कोहलपुर नगरपालिका अन्तरगतका १० वटा वडाको मत परिणाम सार्वजनिक हुँदा एमालेले निकटतम प्रतिद्वन्दी कांग्रेस संग मतान्तर घटाउँदै गएको छ ।
मतान्तर घटाउँदै एमालेकी उपमेयर अस्मिता चौधरी कांग्रेसकी संगिता भन्दा १२ मतले पछाडि परेकी छिन ।
भुसालले हाल सम्मको मत परिणाम अनुसार ९०८८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी कांग्रेसका पूर्ण आचार्यले ९४११ मत प्राप्त गरेका छन । यी दुवै बीचको मतान्तर ३२३ रहेको छ। भुषाल ३२३ मतले पछाडि परेका हुन् ।
यस्तै एमालेकी उपमेयर चौधरीले ९७४९ मत प्राप्त गरेकी छिन भने उनका प्रतिद्वन्दी कांग्रेसकी संगिता सुवेदीले ९७६१ मत प्राप्त गरेकि छिन ।
यता मेयर पदका उम्मेद्वार माओवादीका नरेन्द्र न्यौपानेले ७९२९ मत प्राप्त गरेका छन ।
आहिले कांग्रेस र एमाले बीच प्रतिस्पर्धा भइरहेको छ । मेयर भुषाल भन्दा उपमेयर अस्मिताले कांग्रेसकी संगिता सुवेदीलाई उछिन्दै जित्ने सम्भावना बढेको छ । दुवै उपमेयर बीच कडा प्रतिस्पर्धा हुने भएको छ । बाँकी अबको वडामा अस्मिता को राम्रो पकड रहेको हुँदा अस्मिता ले जित्ने सक्ने स्थानियहरु बताउँछन् ।





