
६ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा दिपेन्द्र श्रेष्ठ विजयी भएका छन ।
श्रेष्ठ संगै उनको प्यानल का ३ सदस्य र एक सदस्य कांग्रेस बाट विजयी भएका छन ।
८६४ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका नारायणी घिमिरेले ७१५ मत प्राप्त गरेकी छिन् ।
यस्तै गठबन्धनबाट माओवादीका कृष्ण वहादुर थारुले ७४३ मत प्राप्त गरेका छन् ।





