
५ जेठ,
कोहलपुर नगरपालिका वडा नम्बर १२ को मतगणना को क्रममा बिबाद उत्पन्न भएको थियो ।
मुचुल्का मा ६६० भयकाे तर मतपेटि खोल्दा ६६२ भेटियकाे हुदा मत गणना स्थगित भयकाे थियो ।अर्थात २ मत बढी भेटीएकाले विवाद उत्पन्न भएको हो । तर सर्बदलिय बैठकले यो कानुन सम्मत रहेको भन्दै सहमति गरे पछि अहिले कोहलपुर वडा नम्बर १२ को मत गणना सुरु भएको छ ।
यस वडा मा जम्मा ४०३० मत खसेको थियो ।





