
५ जेठ,
काेहलपुर वडा नम्बर १२ काे “क” बुथ काे १ वटा मतपेटिका खोल्दा मुचुल्का गरेको भन्दा बढी मत भेटए पछि बिबाद सिर्जना भएको छ भने मत गणना केही समय लाई भन्दै पुन: मतगणना रोकिएको छ ।
४ गते राती वडा नम्वर ४ को मत संख्या १६५८ हुन पर्ने भन्दै मुचुल्का गरेको र बाकस खोल्दा जम्मा मत १६५१ मात्र भेटिएकाले ७ मत खोइ भन्दै विभिन्न पार्टीले बिरोद्य गरेपछि वडा नम्बर ४ को बिजय घोषणा र १२ को मत गणना रोकिएको थियो ।
त्यसैगरि आज पनि मुचुल्का मा ६६० भयकाे तर मतपेटि खोल्दा ६६२ भेटियकाे हुदा मत गणना स्थगित भयकाे छ ।अर्थात २ मत बढी भेटीएकाले विवाद उत्पन्न भएको हो ।
निर्वाचन समिती र सर्बदलिए बैठक बस्दै छ । केही बेरमा सहमति गरि वा कसरी अघि बढ्ने भनी निर्णय आउने जनाइएको छ ।








