
४ जेठ,
कोहलपुर वडा नम्बर ४ को मत परिणाम बिबादास्पद भएको छ ।
कोहलपुर वडा नम्बर ४ को जम्मा १६५८ मत खसेको मुजुल्का गरेको जानकारहरु बताउछन र भित्र मत परिणाम भन्दा १६५३ वटा गणना भएको देखिएको छ । तर निर्वाचन समितीले जारी गरेको पत्रमा भने जम्मा बदर र सदर मत गरि जम्मा १६५१ देखाएको छ ।
यसरी १६५८ को मुजुल्का गरेको मत जम्मा १६५१ मात्र रहदा यो कुनै राजनीतिक चलखेल गरेको भन्दै नेकपा एमाले,नेकपा माओवादी केन्द्र,एस आदि पार्टीले सत्य तथ्य बाहिर नआउदा सम्म मत घोषणा नहुने र गणना समेत अघि नबढ्ने भन्दै बिरोध जनाएका छन ।
तसर्थ अहिले समाचार तयार पार्दा सम्म कोहलपुर वडा नम्बर १२ को मत गणना रोकिएको छ भने वडा नम्बर ४ को आधिकारिक बिजय घोषणा समेत रोकिएको छ ।
उता कोहलपुर कै नेकपा एमाले बाट मेयर पदका उमेदवार खिल प्रसाद भुसालले उक्त बिबाद पछि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत “सत्ता दुरुपयोग को चरम नमूना कोहलपुर वार्ड नम्मर ४ मा खसेको मत भन्दा कम भेटियो किन ?? यसको जवाफ चाहिन्छ । नत्र पुन मतदान गर्नु पर्ने छ” भन्दै स्ट्याटस लेखेका छन भने उक्त विवाद कहाँ सम्म पुग्ने हो अब नतिजा हेर्न बाकी छ ।





