
४ जेठ,
बाँके । बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षमा भग्गन थारुसहित कांग्रेसको पूरै प्यानल विजयी भएको हो ।
भग्गनले एमालेका उम्मेदवार प्रेम बहादुर खत्रीलाई पराजित गरेका हुन् । थारुले १९१२ मत पाएका छन् भने एमालेका खत्रीले १८४० मत पाए ।





