
१५ वैशाख,
बाँके अपडेट : बाँके जिल्ला भरमा कोरोना संक्रमित मध्य आज ३७ महिला र ५१ पुरुष गरि जम्मा ८८ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
उनका अनुसार कोरोना संक्रमणबाट लड्दै आईरहेका व्यक्तिहरुको निको हुने क्रम समेत बढेर गएको बताएका छन् ।
बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा २८८ जनामा गरिएको परिक्षणमा थप २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।