१ चैत,

बाँके । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से)मा १७ अंकको गिरावट आएको छ ।

आज नेप्से १७ अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको छ ।

नेप्सेमा आज ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका १३ उपसमुह मध्य ४ उपसमूहमा हरियाली छाएको छ ।

जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।

यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ ।

बजार दोहोरो अंकले घटेपनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख