३० फागुन,

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )ले चुनाव चिन्ह ‘हलो’ नपाएको खण्डमा स्थानीय चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ ।

आईतबार नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो घोषणा गरेका हुन ।

लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिए हामी स्थानीय चुनावमा भाग लिँदैनौं ।’

राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन ।

निर्वाचन आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख