२९ फागुन,

बाँके । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आजबाट सुरु गरेको छ ।

‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारा लिएर ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने घरदैलो चुनावी अभियान सुरु हुन लागेको हो ।

अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान सुरु गरेको प्रवक्ता महतले बताए ।

पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उनको भनाइ छ ।

अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख