
२५ फागुन,
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको जस्ता थुप्रै आलोचना गरेका छन ।
मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता आलोचना गरेका हुन ।
सोही क्रममा उनले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप समेत लगाएका छन ।
माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराल लगायतलाई पार्टी प्रवेश गराएपछि ओली काँग्रेसको आलोचनामा खनिएका थिए ।
‘काँग्रेससँग देश बनाउने नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, किनकी अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम भएको दाबी गरे ।






