
२५ फागुन,
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन ।
बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन।
सो निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहेको पाइएमा स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिएका छन ।
‘पार्टीको समर्थनमा एमसीसी संसदबाट पास भइसकेको छ । यसबारे पार्टीले औपचारिक निर्णय पहिले नै गरिसकेको छ, उनले भने, ‘पार्टीको निर्णय सबैलाई बाध्यकारी हो । एमसीसीविरुद्ध लेखिएका स्टाटस अब हटाउनुस’ ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी गरेका छन ।






