
१८ फागुन,
बाँके । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारको परिसूचकमा गिरावट आएको छ ।
आज ६३.९८ अंकले घटेसँगै नेप्से २५४६ अंकमा कायम भएको छ । कुल ३ अर्ब ६२ करोडको कारोबार भएको छ ।
आज सबै उपसमूह घटेका छन् । बैंकिङ २७, ब्यापार ६४, होटल तथा पर्यटन ३७, विकास बैंक १५१, जलविद्युत १०९, फाइनान्स ८०, निर्जीवन बीमा ३२३, उत्पादन २२९, अन्य ५२, माइक्रोफाइनान्स १०६, जीवन बीमा ४५३ अंकले घटे ।
कुल १८८ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको बढेको छ । रिलायन्स लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन ।






