
१० माघ,
बाँके । कोरोनाको संक्रमण दर बढेसँगै बाँकेको कोहलपुरमा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गरिने भएको छ ।
कोहलपुर नगरपालिकाले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशूल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्न लागेको हो ।
उक्त परिक्षण कोहलपुर नगरपालिकाको सभाहलमा कोरोना जाँच हुनेछ । नगरपालिकाले हप्तामा सोमवार र विहीबार दुई दिन कोरोना जाँच गर्ने प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै नेपालगन्ज र कोहलपुर हटस्पट बनेको छ ।
बाँकेमा पछिल्लो साता यता परीक्षण गरिएकामध्ये ६० प्रतिशत बढीमा भाइरस संक्रमण पोजेटिभ देखिरहेको छ । संक्रमित अधिकांश नेपालगन्ज र कोहलपुर लगायतका बजारी क्षेत्रका रहेका छन ।






