९ माघ,

बाँके । बाँकेमा आइतबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित नेपालगन्ज बजार क्षेत्रका छन ।

जिल्लाका दुईवटा प्रयोगशालामा १ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ७६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

मेडिकल कलेज कोहलपुरमा ४९ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्याबमा ६४ नमुना परीक्षण गर्दा ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको वलीले बताए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६३ जना छन । आज थप २६ जना डिस्चार्ज भएका छन ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार १ सय २८ पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख