
५ माघ,
बाँके । बाँकेमा आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । आज बुधबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १६७ नमुना परीक्षण गर्दा १०८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रलका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
उनका अनुसार, संक्रमण पुष्टि भएका मध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् ।
पछिल्लो दिनमा नेपालगन्ज कोरोनाको हटस्पट बनेको छ । आज थप ११ जना डिस्चार्ज भएका छन।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ८२ पुगेको छ ।






