
१२ पुस,
बाँके । पछिल्लो २४ घण्टामा सोमबार बाँकेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको तीनवटा प्रयोगशालामा ५८ जनाको नमुना परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलिले जानकारी दिएका छन ।
उनका अनुसार,संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना रहेका छन । र आज १ जना डिस्चार्ज पनि भएका छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९६ पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४२ पुगेको वलीले बताए ।






