
२६ मंसिर,
पछिल्लो २४ घण्टामा देशभरमा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ८६८२ जनाको नमुना परिक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज आइतबार थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । भने २३४ जना डिस्चार्ज भएका छन ।
हाल अहिले सम्म ५८९० जना सक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।






