१५ बैशाख,

बाँके । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीले आफूले नगर्ने १० काम सार्वजनिक गरेकी छन् । मन्त्री बादीले आज सामाजिक सञ्जालमार्फत आफूले नगर्ने १० काम सार्वजनिक गरेकी हुन् ।

उनले नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा वा बढुवा मिलाउने काम, कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग, कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम नगर्ने उल्लेख गरेकी छन् ।

उनले सम्बन्ध होइन, नियमको पालना गर्ने तथा दबाब होइन, न्यायको साथ उभिने प्रतिज्ञा गरेकी छन् ।

मन्त्री बादीले घोषणा गरेका नगर्ने १० काम :

१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।

२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।

३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।

४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।

५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने/गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु ।

६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।

७. राज्यका कुनै पनि स्रोत–साधनको दुरुपयोग गर्दिनँ ।

८. सरकारी सेवा छिटो गराइदिन shortcut खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।

९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन ।

१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन । सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु । विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु ।

प्रतिक्रिया

सम्बन्धित ख